२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारत र बङ्लादेश खेल्दै

 साउन २०, २०७९ शुक्रबार १०:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र बङ्लादेश खेल्दैछन् ।

खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदान बेलुका सवा ७ बजे सुरु हुनेछ । बङ्लादेश शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

गएको मङ्गलवार भएको खेलमा साविक विजेता भारत माल्दिभ्सलाई १–० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।

त्यस्तै बङ्लादेशसँगको खेलमा एक/एक गोलको बराबरी खेलेको नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

माल्दिभ्ससँगको खेलमा रातो कार्ड पाएका भारतका पार्थिव सुन्दर गोगोईले आजको खेल गुमाउनेछन् । 
 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया