प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

 साउन २०, २०७९ शुक्रबार १३:१४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सत्ता गठबन्धनका पाँच दलले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

बैठकले चुनावी तालमेल गर्ने निर्णय गरे पनि सिट बाँडफाँटको विषय भने टुङ्ग्याएको छैन । चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढ्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘पाँच दलीय गठबन्धन बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अघि बढने निर्णय गर्यो । चुनावी तालमेलको निम्ति फेरि बैठक बस्छ, छलफल गर्छ।’

बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जापान भ्रमणको सफलताको शुभकामना पनि व्यक्त गरेको छ । अध्यक्ष प्रचण्ड आज राति १० बजे जापान जाँदै हुनुहुन्छ । बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दुर्गा पौडेल सहभागी हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया