इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलकाे विजयी सुरुवात

 साउन २१, २०७९ शनिबार ७:२६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले विजयी सुरुवात गरेको छ । गएराति भएको सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २–० गोलले हरायो ।

क्रिस्टल प्यालेसको मैदान सेलहर्सट पार्कमा भएको खेलमा आर्सनलका ग्याब्रिएल मार्टिनेलीले गोल गरे ।

आर्सनलले एक गोल उपहार पायो । खेलको ८५औँ मिनेटमा मार्क गुएहीले आत्मघाती गोल गरेपछि आर्सनलले २–० गोलले विजयी हुँदै सुखद सुरुवात गरेको हो ।

त्यसअघि खेलको २०औँ मिनेटमा मार्टिनेलीले गोल गरेपछि आर्सनलले अग्रता बनाएको थियो । जितसँगै आर्सनलले पहिलो खेलमा ३ अङ्क जोडेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया