इंग्लिस प्रिमियर लिगमा लिभरपुल र फुलहामको खेल बराबरीमा सकियो

 साउन २१, २०७९ शनिबार १९:३२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र फुलहामबीचको खेल २–२ गोलको  बराबरीमा सकिएको छ ।

लण्डनमा भएको खेलमा फुलहामले अग्रता बनाए पनि पुनरागमन गर्दै लिभरपुलले खेल बराबरीमा ल्याउन सफल भयो ।

खेलको ३२ औँ मिनेटमा अलेक्जेन्डर मित्रोभिचले गोल गरेर फुलहामलाई अग्रता दिलाए । तर ६४ मिनेटमा डार्विन नुनेजले गोल गरेर लिभरपुललाइ बराबरीमा ल्याए ।

मित्रोभिचले नै ७२ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि फुलहामले २–१ को अग्रता बनायो । तर ८० मिनेटमा मोहम्मद सलाहले गोल गरेर लिभरपुललाई २–२ को बराबरीमा ल्याए । बराबरीसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन् । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया