म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित
साउन २२, २०७९ आइतबार
दाङ – नेपाल–भारत सीमा छुट्याउन राखिएका दाङको सीमा स्तम्भहरू जीर्ण बन्दै गएका छन् ।
दाङ क्षेत्रमा पर्ने ७७ वटा सीमा स्तम्भ मध्ये १६ वटा मर्मत गर्नुपर्ने अवस्थाका छन भने एउटा सीमा स्तम्भ खोलाले बगाएको वर्षौँ बित्दासमेत निर्माण भएको छैन ।
सीमा क्षेत्र अन्तर्गत खबरी नाकाको नजिकै रहेको ६०२/४८ नम्बर स्तम्भ ६ वर्षअघि खबरी खोलामा आएको बाढीले बगाएको हो । जीर्ण स्तम्भमा लेखिएको नम्बर समेत मेटिएको छ । दाङको पूर्वी अर्ना नाकादेखि पश्चिम भौवा नाकासम्मका केही स्तम्भ ढलेका छन भने कुनै मर्मत नहुँदा जीर्ण छन् ।
सीमा स्तम्भमध्ये जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरको स्तम्भ नेपाल पक्षले मर्मत गर्नुपर्ने प्रावधान भए पनि दुवै पक्षबाट सीमा स्तम्भ मर्मत गर्नेतर्फ महत्त्व नदिइएकाे राजपुर गाउँपालिका वडा नम्बर ७, भैंसाही नाका निवासी पूर्णबहादुर रोकाले बताउनु भयाे । स्थानीय सरकार र प्रशासनलाई सीमा स्तम्भ मर्मत गर्न अनुरोध गरे पनि बेवास्ता गरेकाे उहाँको भनाइ छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।