इङ्ग्लिस प्रिमियर लिग : चेल्सी, टोटनह्याम, न्युकासल, बर्नमाउथ र लिड्सको विजयी सुरुवात

 साउन २२, २०७९ आइतबार ६:२६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, टोटनह्याम, न्युकासल, बर्नमाउथ र लिड्सले विजयी सुरुवात गरेका छन् । गएराति भएको खेलमा चेल्सीले एभर्टनलाई १–० गोलले हराउँदै सुखद सुरुवात गरेको हो ।

चेल्सीको जितमा जर्जिन्होले खेलको पहिलो हाफको इन्जुरी समयमा गरेको पेनाल्टी गोल नै निर्णायक भयो । त्यस्तै हिजो भएको अर्को खेलमा टोटनह्यामले साउथह्याम्पटनलाई ४–१ गोलले हराएको छ । टोटनह्यामका रायन सेस्सेनन्, एरिक डाएर र डेजान कुलुसेभ्सकीले गोल गरे । टोटनह्यामले एक गोल आत्मघाती उपहार पाएको थियो ।

साउथह्याम्पटनका लागि कप्तान जेम्स वार्ड प्राउजले एक गोल गरे । हिजो भएका अरु खेलमा न्युकासल युनाइटेडले नटिङह्याम फरेस्टलाई र बर्नमाउथले एस्टन भिल्लालाई समान २–० गोलले र लिड्स युनाइटेडले उल्भ्सलाई २–१ गोलले हराएको छ । लिभरपुल र फुलह्यामले दुई/दुई गोलको बराबरी खेलेका छन् ।

शुक्रवार भएको लिगको उद्घाटन खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई हराएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया