इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदै

 साउन २२, २०७९ आइतबार १३:१३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

आज म्यानचेस्टर युनाइटेड र ब्राइटन, वेस्ट ह्याम र म्यानचेस्टर सिटी तथा लेस्टर सिटी र ब्रेन्टफोर्ड खेल्दैछन् ।

युनाइटेड र ब्राइटन तथा लेस्टर सिटी र ब्रेन्टफोर्डबीचको खेल बेलुका पौने ७ बजे हुनेछ भने वेस्ट ह्याम र म्यानचेस्टर सिटीबीचको खेल बेलुका सवा ९ बजे सुरु हुनेछ ।

म्यानचेस्टर सिटी साविक विजेता क्लब हो । यसअघि गएराति भएका खेलमा चेल्सी, टोटेनह्याम, न्युकासल, बर्नमाउथ र लिड्स युनाइटेडले विजयी सुरुवात गरेका छन् ।

हिजोको खेलमा लिभरपुल र फुल्ह्यामले दुई/दुई गोलको बराबरी खेलेका छन् । शुक्रवार भएको लिगको उद्घाटन खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई हराएको थियो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया