म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित

 साउन २२, २०७९ आइतबार २०:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : ईपीएल

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई हराएकाे छ । वल्ड ट्राफाेडमा भएकाे खेलमा ब्राइटनले युनाइटेडलाई २–१ ले हराएकाे हाे । 

ब्राइटनका लागि पास्कल ग्राेले दुई गाेल गरे । उनले खेलकाे ३० र ३९ मिनेटमा गाेल गरे । युनाइटेडले एक गाेल आत्मघाती उपहार पायाे । 

ईपीएल २०२२/२३ सिजनकाे पहिलाे खेलमा नै युनाइटेड पराजित भयाे । याे जितसँगै ब्राइटन अङ्क तालिकाकाे पाँचाैँ स्थानमा पुगेकाे छ भने युनाइटेड १४ औँ स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया