बङ्लादेशसँगको ३ खेलको एक दिवसीय क्रिकेट शृङ्खला जिम्बाब्वेलाई

 साउन २३, २०७९ सोमबार ७:३७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टोली जिम्बाब्वेले बङ्लादेशसँगको ३ खेलको एक दिवसीय क्रिकेट शृङ्खला एक खेल अगावै जितेको छ । गएराति हरारेमा भएको दोस्रो एक दिवसीयमा जिम्बाब्वेले बङ्लादेशलाई ५ विकेटले पराजित गर्दै शृङ्खला २–० ले जितेको हो ।

बङ्लादेशले दिएको २ सय ९१ रनको लक्ष्य जिम्बाब्वेले ४७ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो । जिम्बाब्वेका लागि सिकन्दर राजा र रेगिस चाकभाले शतकीय पारी खेले ।

सिकन्दर राजाले १ सय १७ रन र रेगिस चाकभाले १ सय २ रनको योगदान गरे । यस्तै, टोनी मुयोङ्गाले ३० र टडिवानाशी मरुमनीले २५ रन बनाए । बङ्लादेशका हसन मुहम्मद र मेहेदी हसनले समान २/२ विकेट लिए भने तैजुल इस्लामले १ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको बङ्लादेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।

बङ्लादेशका लागि महमुदउल्लाह र तमिम इकवालले अर्धशतकीय पारी खेले । महमुदउल्लाहले ८० तथा इकवालले ५० रनको योगदान गरे । यस्तै, आफिफ हुसेनले ४१, नजमुल हुसेन सान्तोले ३८ रन, मुस्फिकुर रहिमले २५ तथा अनामुल हकले २० रन बनाए ।

जिम्बाब्वेका लागि सिकन्दर राजाले ३, वेस्ली माधिबेरीले २ तथा भिक्टर न्याउची र टन्का चिभान्गाले एक/एक विकेट लिए । दुई टोलीबीचको तेस्रो एक दिवसीय बुधवार हुनेछ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया