चुनावमा व्यावहारिक तालमेल जरुरी रहेको कांंग्रेस नेताहरुको निष्कर्ष

 साउन २३, २०७९ सोमबार १४:६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाली कांग्रेसका नेताहरूले सत्ता गठबन्धनबीचको चुनावी तालमेल स्वाभाविक भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले चुनावमा व्यावहारिक तालमेल गर्नुपर्ने र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित हुनुपर्ने बताएका हुन्।

चुनावी तालमेलको लागि छलफल गर्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा नेताहरुले विगतका चुनावमा पाएको मत र अबको सम्भावनालाई मध्यनजर गरेर तालमेलमा जानुपर्ने बताएका एक नेताले जानकारी दिएका छन् ।

साना र पालिका चुनावमा निकै कम मत ल्याएका दलले अस्वाभाविक सिट दाबी गर्न सक्ने भन्दै नेताहरुले दलहरुलाई हैसियत अनुसारको सिट बाँडफाँट गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

चुनावी तालमेलको लागि नेपाली कांग्रेस भित्र एक मत छ भनेर सन्देश दिनुपर्नेमा सबैको सहमति रहेको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । आउँदो मंसिरमा हुने सङ्घ र प्रदेशको चुनावको लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले बनाएको ५ दलका ११ जना नेता सदस्य रहेको कार्यदलको बैठक आजै बस्दैछ। 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया