यूएई इन्टरनेसनल टी–ट्वान्टी लिगको मार्की खेलाडीको रुपमा सन्दीप अनुबन्धित

 साउन २४, २०७९ मंगलबार १०:२५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछाने युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी–ट्वान्टी लिगको मार्की खेलाडीको रुपमा अनुबन्धित भएका छन् ।

ईमिरेट्स क्रिकेट बोर्डले पहिलो संस्करणका लागि सन्दीपलाई मार्की खेलाडीको सूचीमा राखेको हो । ईमिरेट्स क्रिकेट बोर्डले लिगमा सहभागिता पक्का भएका ५० खेलाडीको नाम सार्वजनिक गरेको छ । यो सूचीमा नेपालबाट सन्दीप लामिछानेसँगै टेस्ट राष्ट्र तथा एसोसिएट टोलीका खेलाडी विभिन्न टोलीमा अनुबन्धित भएका छन् ।

बोर्डले खेलाडीको नाम सार्वजनिक गरे पनि टोलीको विवरण भने खुलाएको छैन । प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुवरी १२ सम्म हुनेछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया