देउवा–खनाल भेट : नेपालको चियालाई भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण

 साउन २४, २०७९ मंगलबार १४:४१:३५ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेकाे छ । भेटमा खनाल नेतृत्वकाे प्रतिनिधिमण्डलले नेपालको चियालाई भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण गराएको छ ।

पूर्वप्रधानमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डलले बालुवाटारमा रहेकाे प्रधानमन्त्री निवासमा आज मङ्गलवार देउवासँग भेट गरेको हो । त्यस अवसरमा स्वदेशी चिया व्यवसायीको समस्याका विषयमा भएको छलफलपछि प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री देउवा र नेता खनालबीच समसामयिक राष्ट्रिय राजनीति, राष्ट्रिय अर्थतन्त्र र विदेश नीति, आउँदाे चुनाव र गठबन्धनलगायतको विषयमा समेत छलफल भएको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया