प्रधानमन्त्री देउवासँग बाबुराम भट्टराईसहितका नेताकाे भेट

 साउन २४, २०७९ मंगलबार १९:२५:४३ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरूले भेटवार्ता गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज मङ्गलवार भएको भेटमा उहाँहरूबीच सत्ता गठबन्धन, आउँदाे चुनावमा तालमेल, समसामयिक राजनीतिक विषयमा छलफल भएको समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिनुभयो । 

भेटमा प्रधानमन्त्री देउवाले नेसपा पार्टीलाई गठबन्धनमा सामेल गर्ने सम्बन्धमा आफू सकारात्मक रहेको र यस सम्बन्धमा गठबन्धनका अन्य घटकसँग पनि सल्लाह गर्ने बताउनुभएको केन्द्रीय सदस्य पाण्डेले बताउनुभयो । 

समाजवादी पार्टीका अध्यक्ष भट्टराईले सत्ता गठबन्धन बनाउन आफूहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सहकार्यका लागि इच्छुक रहेको बताउनुभएको थियो । भेटमा समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी हुनुहुन्थ्यो । डा. भट्टराईलगायतका नेताहरूले जनता समाजवादी पार्टीबाट भर्खरै अलग भएर याे पार्टी स्थापना गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया