नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने, खाजा समयमा पनि काम गर्ने

 साउन २५, २०७९ बुधबार ८:९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै विरोधमा उत्रिएका नायब सुब्बा अर्थात नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने भएका छन् ।

बिहान १० बजेदेखि ११ बजेसम्म सबै सरकारी कार्यालयका नासुहरुले एक घण्टा पेन डाउन गर्ने नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलले बताउनुभयो । उहाँकाअनुसार बिहान एक घण्टा विरोध कार्यक्रममा बसेको क्षतिपूर्तिस्वरुप दिउँसो १ बजेदेखि २ बजेसम्मको खाजा समयमा सबै नासुहरुले काम गर्नेछन् ।

नासुहरुले हिजो बिदामा बसेर साङ्केतिक रुपमा सरकारको विरोध गरेका थिए । नासुहरु बिदामा बस्दा हिजो सबै सरकारी कार्यालयमा सेवाग्राहीको काम हुन सकेको थिएन । सरकारले मर्यादाक्रम मिलाउने नाममा माथिल्लो तहका कर्मचारीको तलब बजेटमा घोषणा गरेभन्दा ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेपछि नासुहरु विरोधमा उत्रिएका हुन् ।

बजेटमा व्यवस्था गरेभन्दा बढी बढाउने गरिएको निर्णय फिर्ता लिइएको सरकारले जनाइसकेको भए पनि बजेटमा घोषणा गरिएअनुसार १५ प्रतिशत तलब बढाउँदा पनि माथिल्ला र तल्लो तहका कर्मचारीबीच तलबमानमा धेरै फरक परेकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया