सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा यसै वर्षदेखि ब्याचलर इन पब्लिक हेल्थ (बीपीएच ) अध्यापन सुरु हुने भएको छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदको यही असोज ६ गते बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीपीएच कार्यक्रम सञ्चालन गर्नका स्वीकृति दिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । काफ्लेले योसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लक्ष्यमा एक इँटा थपिएको बताउनुभएको छ ।
उहाँका अनुसार परिषद्ले त्यो कार्यक्रमका लागि २० सिट निर्धारण गरेको छ । उहाँले परिषद्को टोलीले अनुगमन गरिसकेपछि अध्यापनका लागि स्वीकृति दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अब केही दिनमै बिपिएच भर्नाका लागि प्रवेश परीक्षाको सूचना प्रकाशित गर्छौँ ।’ यसैगरी ब्याचलर तहको मिडवाइफरी कार्यक्रमका लागि पनि असोज २० गते प्रवेश परीक्षा तोकिएको छ ।
प्रतिष्ठानले एमडीजीपी अध्यापनका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । प्रतिष्ठानले केही दिनमै नेपाल मेडिकल काउन्सिललाई निरीक्षणका लागि पत्र पठाउने तयारी गरेको छ ।
‘यो वर्ष हामीले तीन विधाको कार्यक्रम कार्यक्रम सुरु गरिसक्छौँ, त्सपछिको हाम्रो लक्ष्य अर्को वर्ष कर्णालीमा एमबीबीएस कार्यक्रम सुरु गर्नु हो’, त्यसका लागि केही तयारी सुरु पनि भइसकेको छ ।
एमबीबीएस अध्ययन पूर्वतयारीका लागि लागि सरकारले प्राध्यापक डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा कार्यदल समेत गठन गरिसकेको छ । सरकारले कार्यदललाई चाँडै टीओआर दिने र एमबीबीएसको आवश्यक तयारी हुने प्रतिष्ठानले जनाएको छ ।
यसैगरी अन्तिम मुख्य लक्ष्य एमबीबीएस भएकाले सवै आन्तरिक तयारीमा प्रतिष्ठानको टिम लागि रहेको रजिष्ट्रार काफ्लेले जानकारी दिनुभयो ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।