बालाजुको जुत्ता कारखानामा आगलागी

 साउन २५, २०७९ बुधबार १२:१५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -​ काठमाण्डौको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।

काठमाण्डौ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडिदेखि आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिनुभयो । 

दमकलको प्रयोग गरी आगाे निभाउने प्रयास भइरहेकाे प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया