तेस्राे एकदिवसीयमा बङ्गलादेशले जिम्बावेलाई हरायाे

 साउन २५, २०७९ बुधबार २०:७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – जिम्बावेसँगको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बङ्गलादेश एक सय पाँच रनले विजयी भएको छ । 

हरारेमा बङ्गलादेशले दिएको दुई सय ५७ रनको लक्ष्य पछ्याएको जिम्बावे ३२ ओभर २ बलमा एक सय ५१ रन बनाउँदा अलआउट भयो । उसका लागि रिचार्ड नगार्भाले नटआउट ३४ रन बनाए । बलिङतर्फ बङ्गलादेशका मुस्ताफिजुर रहमानले चार तथा ताइजुल इस्लाम र एबादत्त होइसनले दुई/दुई विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ५६ रन बनायो । उसका लागि अफिफ होसिनले नटआउट ८५ र अनमुल हकले ७६ रन बनाए । बलिङतर्फ जिम्बावेका ब्राड इभान्स र लुके जाेङ्गेले दुई/दुई विकेट लिए ।

आज हारे पनि तीन खेलको शृङ्खला जिम्बावेले दुई–एकले जितेको छ । यसअघि भएको टी–२० शृङ्खला पनि जिम्बावेले नै जितेको थियो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया