सरकार सबै भाषाभाषी र जातजातिप्रति प्रतिबद्ध छ : मन्त्री कार्की

 साउन २७, २०७९ शुक्रबार १९:४४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुदायको विकास हुनुपर्ने बताउनुभएको छ । 

नेपाल कुशवाहा कल्याण समाजको ३१ औँ वार्षिकोत्सवको अवसरमा आज शुक्रवार आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले समृद्ध नेपाल निर्माणका लागि समाजको पिँधमा रहेको समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘देशका विभिन्न जातजाति, भाषाभाषीको समुचित विकास भएमात्र देशको विकास हुन्छ, देशको विकासका निम्ति हिमाल, पहाड, तराईको विकास हुनुपर्छ ।’ सरकार सबै समुदायको अधिकार सुनिश्चितताको निम्ति प्रतिबद्ध रहेको मन्त्री कार्कीको भनाइ थियो । उहाँले कुशवाहा समुदायले देश परिवर्तनमा पुर्‍याएको योगदानको चर्चा गर्दै समृद्ध नेपाल निर्माणमा सबै नागरिकको उत्तिकै भूमिका हुने बताउनुभयो । 

समाजका अध्यक्ष तपेश्वर महतोले राज्यका हरेक संरचनामा कुशवाहा समुदायको समान सहभागिताको माग गर्दै आउँदो चुनावमा राजनीतिक दलहरूले कुशवाहा समुदायलाई टिकटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया