एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
रुकुम पूर्व – रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका –११, सेरामाथिको मोडमा आज बिहान भएको जीप दुर्घटनामा परेर एक जना प्रहरी जवानको ज्यान गएको छ । २ जना प्रहरी उपरीक्षकसहित ५ जना घाइते भएका छन् ।
लु १ झ ६६० नम्बरको जीप सडकबाट खस्दा रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा परेर घाइते भएका रुकुमपूर्वका प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगी, सशस्त्र प्रहरी बल रुकुमपूर्व प्रमुख नायब उपरीक्षक (डीएसपी) उपरीक्षक रविन श्रेष्ठ, प्रहरी जवान लक्ष्मण घर्ती, प्रहरी हवल्दार कुमार डाँगी र प्रहरी जवान सन्तोष बुढालाई हेलिकप्टर मार्फत थप उपचारको लागि बाँकेको कोहलपुर लगिएको छ । नेपाली सेनाको हेलिकप्टरले पहिलो पटक तीन जना र दोस्राे पटक मृतक सहित २ जनालाई उपचारको लागि कोहलपुर लगेको हो ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार जीप सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको हो । जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा जाने क्रममा जीप दुर्घटना भएको प्रजिअ सुनुवारले जनाउनुभयो । प्रमुख जिल्ला अधिकारीको टोली भने अर्को गाडीमा सवार रहेको बताइएको छ । अनुगमन र अन्य कार्यका लागि जिल्लाको सुरक्षा निकायको टोली तकसेरा जाने क्रममा दुर्घटना भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।