हाजिर गरेर सांसदहरू हिँडे, प्रतिनिधि सभाको बैठक मङ्गलवारसम्मका लागि स्थगित

 साउन २९, २०७९ आइतबार १५:६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – सांसदहरूले हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभाको बैठक पर्सि मङ्गलवारसम्मका लागि स्थगित भएको छ । आजको बैठक सुरु हुँदा एक सय ७९ जना सांसदले हाजिर गरेका थिए तर संसदमा विधेयकलाई निर्णयार्थ पेस गर्दा ६९ जना सांसद पनि नपुगेपछि बैठक नै स्थगित भएको हो । 

सभामुख अग्नि सापकोटाले विधेयकलाई निर्णयार्थ पेस गर्दा जम्मा ६७ जना सांसद बैठक हलमा उपस्थित थिए । सभामुखले विधेयक पेश गर्दा गणपूरक सङ्ख्या नपुगेको आवाज उठेपछि उहाँले कर्मचारीलाई गणना गर्न लगाउनुभएको थियो । गणना गर्दा जम्मा ६७ जना सांसद मात्रै थिए । सभामुखले सुरुमा बैठक १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो, त्यसपछि पनि सांसद नआएपछि मङ्गलवारसम्मका लागि स्थगित भएको छ । 

आजको बैठकमा काठमाण्डाै उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक भने निर्णयार्थ पेस भएको छ । यो विधेयक पेस गर्ने बेलामा ९० जना सांसद बैठकमा रहेका थिए । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया