विवेकशील साझाकाे अध्यक्षमा समीक्षा बास्काेटा चयन

 साउन २९, २०७९ आइतबार १९:२७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विवेकशील साझा पार्टीले नयाँ नेतृत्व चयन गरेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गएकाे जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आज आइतवार बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य समीक्षा बास्कोटालाई नयाँ अध्यक्ष चयन गरेको हो । त्यसैगरी रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य सञ्जिववल्लभ भट्टराई चयन हुनुभएकाे छ । 

विवेकशील साझा पार्टी बाग्मती प्रदेशकी पूर्वसंयोजक ३८ वर्षीय बास्कोटा गएकाे वैशाखमा सम्पन्न पालिका चुनावकाे काठमाण्डाै महानगरपालिकाको मेयरको उम्मेदवार हुनु हुन्थ्याे । त्यसअघि उहाँले २०७४ को चुनावमा काठमाण्डाै क्षेत्र नं १ 'क' बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गर्नुभएकाे थियाे । उहाँले काठमाण्डाै स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गर्नुभएकाे छ । 

संयोजक चयन हुनुभएका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य भट्टराईले समाजशास्त्र, अर्थशास्त्र र अङ्ग्रेजी भाषामा स्नातक गर्नुभएकाे छ । ३४ वर्षीय भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख हुनु हुन्थ्याे । 

केन्द्रीय समिति बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रबाट स्थापनादेखि आजसम्म पार्टी निर्माणमा भएको अनवरत त्याग, योगदान तथा समग्र पार्टी पङ्क्तिलाई दिएको प्रेरणाप्रति उच्च सम्मान व्यक्त गर्दै आउँदाे मार्गमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।

बैठकले आउँदो मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रादेशिक चुनावमा भाग लिनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने र त्यसका लागि आवश्यक तयारी थाल्ने पनि निर्णय गरेको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया