चितवन महोत्सवमा ३० करोड रुपैयाँ बराबरको कारोबार

 माघ ११, २०८१ शुक्रबार ९:३३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १५ औं संस्करणको चितवन महोत्सव सकिएको छ । गएको पुस २५ गतेदेखि नारायणगढको नारायणी नदी किनारको प्रदर्शनी मैदानमा शुरू भएको महोत्सव हिजो समापन भएको हो ।

१५ दिनसम्म चलेको महोत्सव झण्डै पाँच लाख जनाले अवलोकन गरेका आयोजक उद्योग वाणिज्य सङ्घ चितवनले जनाएको छ । साथै महोत्सवमा ३० करोड रुपैयाँ बराबरको कारोबार भएको महोत्सव मूल समिति संयोजक एवम् उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा रोजगार मेला, मह परिसर, लघु, घरेलु परिसर, कृषि परिसरलगायत ४ सय ३० स्टल रहेका थिए । यो महोत्सवले उद्योग व्यवसायको प्रवर्द्धन, कला, साहित्य र संस्कृतिको संरक्षण, आदिवासी जनजातीको परम्पराको जर्गेनाका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उर्जा सूचना प्रविधि र पूर्वाधारलगायतका क्षेत्रहरुको विकासमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया