भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
'सुपर–फोर' को खेलमा एपीएफले आर्मीलाई ६९ रनले हरायो । एपीएफले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको आर्मी १७ ओभरमा ४६ रन बनाउँदा अलआउट भयो । आर्मीकी राधिका पुजाराले १७, कप्तान लक्ष्मी साउदले १० रन बनाए । आर्मीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफकी रेखा रावलले ४ विकेट लिइन् ।
यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित १७ ओभरमा ३ विकेट गुमाएर १ सय १५ रन बनायो । एपीएफकी राजमती ऐरीले ३५, कविता जोशीले नटआउट ३४ रन बनाइन् । आर्मीकी सुष्मिता भुसालले २ विकेट लिइन् ।
एपीएफ सुपर–फोरमा २ वटै खेल जित्दै अपराजित रह्यो । एपीएफ समूह चरणमा पनि अपराजित रहेको थियो । आजै सुपर–फोरको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेश खेल्दैछन् । यो खेलपछि फाइनल पुग्ने अर्काे टोलीको टुंगो लाग्नेछ । फाइनल खेल भोलि हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।