अत्यधिक चिसो र शीतलहरले तराई मधेशको जनजीवन प्रभावित

 माघ ११, २०८१ शुक्रबार १३:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अत्यधिक चिसो र शीतलहरका कारण जनकपुरधामसहित तराई मधेशको जनजीवन प्रभावित बनेको छ ।

गएको सोमवार दिउँसोदेखि घाम उदाएको भए पनि मंगलवारदेखि एकाएक चलेको चिसो हावा र गएराति शीतको वर्षा भएपछि मधेशमा अत्यधिक चिसो महसूस गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

धनुषासहितका धेरै जिल्लामा बितेको तीन दिनदेखि घाम उदाएको छैन । शीतलहर र शीतको वर्षा पनि भइरहेको छ । अत्यधिक चिसो र घाम अभावका कारण ग्रामीण जनजीवन ठप्प छ । दैनिक ज्याला, मजदूरी गर्नेहरू मारमा परेका छन् । मधेशको जनजीवन १० बजे बिहानसम्म ठप्प हुने गरेको छ । चिसोबाट गरिब विपन्नहरूलाई धेरै समस्या भएको छ । स्थानीय बासिन्दाले आगो तापेर तथा ग्रामीण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् ।

शीतलहर र चिसो हावा अझै केही दिनसम्म रहने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान साढे ९ बजे शीतलहर बिशेष बुलेटिन निकालेर कोशी, मधेश र लुम्बिनी प्रदेशअन्तर्गतका तराई मधेश क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।

३ वटै प्रदेशका तराई मधेशमा अहिले पनि हुस्सु तथा कुहिरो लागिरहेको र दिउँसो सामान्य सुधार भएको भए पनि बेलुका पुनः हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया