‘सास फेर्न गाह्रो भएपछि विमानमै ११ महिने बालकको ज्यान गयो’

 असोज १०, २०७५ बुधबार १९:११:६ | एजेन्सी
unn.prixa.net

कतारको राजधानी दोहाबाट हैदराबाद आउँदै गरेको कतार एयरवेजको विमानमा सास फेर्न गाह्रो भएकाले एक ११ महिनाका बालकको ज्यान गएको छ ।

हिन्दुस्तान टाइम्सले जनाएअनुसार हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण भएसँगै ती बालकलाई अपोलो मेडिकल सेन्टर लगिएको थियो । तर डाक्टरहरुले बालकलाई मृत घोषित गरे । बालकका आमाबुवासँग भारतीय पासपोर्ट रहेको र बालकसँग अमेरिकी पासपोर्ट रहेको थियो । 

घटनापछि कतार एयरवेजले एक विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ, ‘आज बिहान हैदराबादको अन्तर्राष्ट्रिय विमानस्थल एक बालकको मृत्युको खबरले हामी एकदमै दुखी छौँ, हामी पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दछौँ ।’

तर हैदराबाद विमानस्थलका प्रवक्ताले भने कतार एयरवेजको विज्ञप्तिको खण्डन गर्दै बालकको मृत्यु विमानमै भएको बताएका छन् । उनले अपोलो मेडिकल सेन्टरकोआधिकारिक रिपोर्ट आएपछि मात्रै सबै कुरा भन्न सकिने बताएका छन् । 

गएको महिना सास फेर्न समस्या भएकै कारण इन्डिगो एयरको विमानमा चार वर्षीय बालकको ज्यान गएको थियो । 

 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया