नेपालले मलेसियालाई ७ विकेटले हरायाे
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नाे पार्टी पनि गठबन्धनकै अङ्ग भएकाे दाबी गर्नुभएकाे छ । आज मङ्गलवार माओवादीको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि भट्टराईले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘नेपाल समाजवादी पार्टी गठबन्धनको एउटा अङ्ग हो । भित्र–बाहिर भन्ने कुराको भ्रम नपरोस् । जे सहमति हुन्छ, त्यहीअनुसार चुनाव लड्छौँ ।’
नेता भट्टराईले नेकपा (माओवादी) केन्द्रसँगको सहकार्य चुनावका लागि मात्रै भएको पनि बताउनुभयाे । उहाँले पार्टीको लक्ष्य नेपालमा अग्रगामी परिवर्तनको एजेन्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्ला–एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने स्थिति नरहेको उल्लेख गर्नुभयो । उहाँले मिलेर र नयाँ आधारमा एकताबद्ध भएर जानु नै अहिलेको आवश्यकता भएको बताउनुभयो ।
अध्यक्ष भट्टराईले भन्नुभयो, ‘नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आउँदाे प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथाैडा लिएर प्रतिस्पर्धा गर्ने सहमति भएकाे छ । तत्काल चुनावी प्रयोजनका निम्ति मात्रै हो । आउँदा दिनमा वृहत् अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने हाम्राे सङ्कल्प छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।