नेदरल्याण्ड्ससँगकाे पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान १६ रनले विजयी

 भदौ १, २०७९ बुधबार ६:५७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्याण्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान १६ रनले विजयी भएको छ । रोटरड्याममा भएको खेलमा पाहुना टोली पाकिस्तानले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्ड्स्सले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्र बनाउन सक्यो । उसका लागि बिक्रमजित सिंह, स्कट एडवार्ड र टम कुपरले अर्धशतकीय पारी खेले ।

कप्तान एडवार्ड ७१ रनमा अविजित रहे । बिक्रमजित र कुपरले समान ६५ रन जोडे । पाकिस्तानका हरिस रउफ तथा नसिम शाहले समान ३/३ र मोहम्मद नवाज तथा मोहम्मद वासिमले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १४ रन बनाएको थियो । उसका फकर जमानले १ सय ९ रनको शतकीय तथा कप्तान बाबर अजामले ७४ रनको अर्धशतकीय पारी खेले ।

नेदरल्याण्ड्सका लोगान भान विक तथा बास डि लिडीले समान २/२ विकेट लिए । भिभिएन किंग्माले १ विकेट लिए । जितसँगै पाकिस्तानले तीन खेलको एकदिवसीय श्रृंखलामा १–० को अग्रता बनाएको छ । दुई देशबीचको दोस्रो एकदिवसीय क्रिकेट बिहिबार हुनेछ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया