अफगानिस्तानसँगको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्डलाई

 भदौ २, २०७९ बिहीबार ६:२९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्डले जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा अफगानिस्तान ७ विकेटले पराजित भयो ।

बेलफास्टमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर ९५ रन बनाएको थियो ।

वर्षाले प्रभावित भएको खेलमा डिएल पद्धतिका आधारमा आयरल्यान्डले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो । उसले ६ ओभर ४ बलमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो ।

जितसँगै ५ खेलको शृङ्खलामा आयरल्यान्ड ३–२ ले विजयी भएको छ । आयरल्यान्ड पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा २२ रन र चौथो खेलमा २७ रनले पराजित भएको थियो । 

 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया