लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथन भदाै २५ गते

 भदौ २, २०७९ बिहीबार २०:३०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

गाेरखा – गोखराको प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटबाट गोरखा दरबारसम्म म्याराथन दौड हुने भएको छ । ‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने नाराका साथ भदौ २५ गते लिगलिगकोट–सिरानचोक– गोरखा दरबार खुला म्याराथन दौड हुने भएको हो ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो लिगलिगकोटबाट सुरु हुने दौड चित्रेपोखरी, छोप्राक, चोरकाटे, छेपेटार,पस्लाङ चौतारो  हुँदै ४० किलोमिटर पूरा गरी गोरखा दरबारको हनुमान भञ्ज्याङमा पुगेर टुङ्गिने गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले बताउनुभयो ।

चार सय ६३ वर्ष पहिले लिगलिगकोटका राजा द्रव्य शाहले गोरखा राज्यमा राज्यभिषेक गरेको दिनको स्मरणमा उहाँले प्रयोग गरेको पदमार्गलाई आधार बनाएर २०७६ सालदेखि म्याराथन सुरु गरिएको थियो ।

प्रतियोगितामा सहभागी हुन चाहनेले तीन वटै पालिका अथवा रिपुमर्दन गणमा भदौ २० गतेसम्म नाम दर्ता गर्न सक्नेछन् । प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख ५० हजार, द्वितीय पुरस्कार एक लाख र तृतीय पुरस्कारको राशी ७५ हजार रुपैयाँ छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया