ललितपुरमा 'इन्टेलिजेन्स ट्राफिक लाइट' सञ्चालनमा
पुस १, २०८१ सोमबार
काठमाण्डाै - गएको १२ घण्टामा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।
मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, बर्दिया र पोखरामा ठूलो वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
मकवानपुरमा २२० मिलिमिटर, सिन्धुपाल्चोकमा ११९ मिलिमिटर, सिन्धुलीमा ११२, बर्दियामा ९२ र पोखरामा ६७ मिलिमिटर पानी परेको छ ।
बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बनेको र त्यसकै प्रभावका कारण नेपाल आएको जलवाष्पयुक्त हावाको असर हिजो बेलुकादेखि परेको छ ।
यसकै कारण आज बिहानैदेखि देशका धेरै ठाउँको मौसम बदली भएको छ । आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।
वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणालीको असर भोलिसम्म नै पर्नेछ ।
आज साना नदी तथा खोलामा बाढी र भिरालो क्षेत्रमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।