माओवादी केन्द्रले आज पनि पदाधिकारी टुङ्गो लगाउन सकेन

 भदौ ३, २०७९ शुक्रबार ११:४४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - पदाधिकारी टुङ्गो लगाउन बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि कुनै निष्कर्षमा नपुगी सकिएको छ ।

बिहान बसेको स्थायी कमिटी बैठकमा पदाधिकारीबारे छलफल भए पनि टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण पनि पदाधिकारीको टुङ्गो लाग्न नसकेको बताउनुभयो । उहाँका अनुसार पदाधिकारीबारे लगभग टुङ्गिएको छ । निर्णय गर्न मात्र बाँकी छ ।

यसबारे थप छलफल गरी निर्णय गर्न भोलि दिउँसो १ बजे फेरि बैठक बस्ने उहाँले जानकारी दिनुभयो । बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा विषयमा पनि छलफल भएको महराले बताउनुभयो । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया