साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं – नागढुंगा हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु र चालकले केही दिनदेखि सास्ती भोग्दै आएका छन् । कलंकीदेखि धार्केसम्म ठाउँठाउँमा लामो जाम हुँदा यात्रु र चालकले सास्ती भोग्नु परेको हो ।
एकघण्टाको बाटो पार गर्न ५/६ घण्टासम्म लाग्ने गरेको छ । आज पनि यही समस्या दोहोरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार ठूला मालवाहक ट्रक र लरीका कारण काठमाडौंको कलंकीदेखि धादिङको धार्केसम्म जाम हुने गरेको हो । दसैँका लागि सामान ढुवानी गर्न काठमाडौँ आउने नेपाली र भारतीय लरीका कारण ६ दिनदेखि ट्राफिक जाम बढेको महानगरीय ट्राफिक प्रहरी कार्यालय नागढुंगाले जनाएको छ ।
दिनहुँ झण्डै डेढसय लरी ओहोरदोहोर गर्ने गरेकाले यात्रु १२ घण्टासम्म जाममा बस्नुपरेको ट्राफिक प्रहरीले जनाएको छ । निकै ठूला गाडी घुमाउरो बाटोमा बिस्तारै गुड्ने र केही ठाउँमा रोकिने भएका कारण जाम बढेको हो ।
सामान बोकेका ठूला गाडीलाई यात्रु बसले घुमाउरो र उकालो सडकमा ओभरटेक गर्न नसक्ने भएकाले जाममा बस्नुको विकल्प नभएको प्रहरीको भनाई छ । केही दिन पहिले धादिङको खानीखोलामा लरीलाई रोकिएको भएपनि सबै लरीलाई पार्किङ गर्ने ठाउँ नभएका कारण चल्न दिइएकाले जाम हुँदा यात्रुले सास्ती पाइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Arjun
Sept. 28, 2018, 11:38 a.m.भारतीय लरी ट्रकलाई काठमाडौमा प्रबेश निषेध गरिनु पर्छ/