दक्षिण अफ्रिकासँगको पहिलो टेस्टमा इङ्ग्ल्यान्ड पराजित

 भदौ ४, २०७९ शनिबार ८:१३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण अफ्रिकाले पहिलो टेस्टमा घरेलु टोली इङ्ग्ल्यान्डलाई हराएको छ । लर्ड्समा भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले इङ्ग्ल्यान्डलाई एक इनिङ्स र १२ रनले हराएको हो ।

जितसँगै ३ खेलको टेस्ट शृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ। इङ्ग्ल्यान्डको दोस्रो पारीलाई १ सय ४९ रनमा समेट्दै दक्षिण अफ्रिकाले दुई दिनभन्दा बढीको खेल बाँकीको अवस्थामा जित हात पारेको हो । पहिलो पारीमा दक्षिण अफ्रिकाले १ सय ६१ रनको अग्रता बनाएको थियो ।

१ सय ६१ रनले पछि परेको दोस्रो पारीमा इङ्ग्ल्यान्डले १ सय ४९ रन जोड्दा सबै विकेट गुमायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङ्ग्ल्यान्डले पहिलो पारीमा अलआउट हुनुअघि १ सय ६५ रन बनाएको थियो । पहिलो पारीमा दक्षिण अफ्रिकाले ३ सय २६ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

दुई देशबीचको दोस्रो टेस्ट बिहीवार हुनेछ। 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया