वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड विजयी

 भदौ ४, २०७९ शनिबार ११:१४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टोली वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ ।

ब्रिजटाउनमा आज बिहान सकिएको खेलमा न्युजिल्यान्ड ५० रनले विजयी भएसँगै तीन खेलको शृङ्खलामा एक–एकको बराबरी भएको छ ।

न्युजिल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५ ओभर ३  बलमा १ सय ६१ रनमा अलआउट भयो । उसका याननिची कारियहले ५२ रनको अर्धशतकीय पारी खेलेपछि टोलीलाई जिताउन सकेनन् ।

न्युजिल्यान्डका टिम साउथीले ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिए । मिचेल स्टानरले १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो । उसका फिना एलेनले ९६ रनको अर्धशतकीय पारी खेले ।

घरेलु टोलीका केभिन सिन्केलियरले ४ तथा जासन होल्डरले ३ विकेट लिए । अकिल होसेन २ तथा अल्जारी जोसेपले १ विकेट लिए । पहिलो खेलमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल भोलि राति हुनेछ ।

यसअघि भएको तीन खेलको टी–२० शृङ्खला न्युजिल्यान्डले २–१ ले जितेको थियो । तेस्रो टी–२० मा ८ विकेटले विजयी हुँदै घरेलु टोली वेस्ट इन्डिजले शृङ्खला क्लिन स्वीप हुनबाट जोगाएको थियो ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया