लेस्टर सिटी साउथह्याम्पटनसँग पराजित

 भदौ ५, २०७९ आइतबार ६:५६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी पराजित भएको छ । गएराति भएको खेलमा लेस्टरलाई साउथह्याम्पटनले २–१ गोलले हराएको हो ।

साउथह्याम्पटनका चे एडम्सले दुई गोल गरे । लेस्टरका जेम्स म्याडिसनले एक गोल फर्काए ।

त्यस्तै अर्को खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–१ गोलले हराएको छ ।

अर्को खेलमा फुलह्यामले ब्रेन्टफोर्डलाई ३–२ गोलले पराजित गरेको छ ।

एभर्टन र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । हिजो भएको पहिलो खेलमा  टोटनह्यामले उल्भ्सलाई १–०  गोलले हरायो । उसका लागि खेलको ६४औँ मिनेटमा ह्यारी केनले गोल गरे । ३ खेलमा ७ अङ्क जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।

उल्भ्स एक अङ्कसहित १७औँ स्थानमा छ । अङ्क तालिकामा म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ । उसले २ खेलमा ६ अङ्क जोडेको छ । म्यानचेस्टर सिटीले आज न्युकासलसँग खेल्दैछ । यस्तै, आज चेल्सी र लिड्स युनाइटेडबीच पनि खेल हुनेछ ।

दुई खेलमा अङ्क जोड्न नसकेको म्यानचेस्टर युनाइटेड अङ्कतालिकाको पुछारमा छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया