इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदै

 भदौ ५, २०७९ आइतबार ११:५७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बेलुका पौने ७ बजे चेल्सी र लिड्स युनाइटेड तथा वेस्ट ह्याम र ब्राइटन खेल्दैछन् ।

२ खेलमा ४ अङ्क जोडेको चेल्सी आठौँ र लिड्स युनाइटेड सातौँ स्थानमा छन् । चेल्सी अघिल्लो खेलमा टोटनह्यामसँग बराबरीमा रोकिएको थियो । त्यस्तै दुई खेलमा अङ्क जोड्न नसकेको वेस्ट ह्याम पुछारबाट दोस्रो स्थानमा छ भने चार अङ्कसहित ब्राइटन नवौँ स्थानमा रहेको छ ।

अर्को खेलमा राति सवा ९ बजे न्युकासल युनाइटेड र म्यानचेस्टर सिटीबीच खेल हुनेछ । अङ्कतालिकामा सिटी तेस्रो स्थानमा छ । उसले २ खेलमा ६ अङ्क जोडेको छ । २ खेलमा ४ अङ्क जोडेको न्युकासल छैटाैँ स्थानमा छ । गएराति भएको खेलमा बर्नमाउथलाई ३–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको छ ।

आर्सनलले ३ खेलमा ९ अङ्क जोडेको छ । बर्नमाउथ ३ अङ्कका साथ १४औँ स्थानमा छ ।  ३ खेलमा ७ अङ्क जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया