ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - न्युजिल्यान्डले वेस्ट इन्डिजसँगको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ । बारबाडोसमा बिहान भएको खेलमा न्युजिल्यान्डले ५ विकेटले जित्दै तीन खेलको शृङ्खला २–१ ले जितेको हो ।
वेस्ट इन्डिजले दिएको ३ सय २ रनको लक्ष्य न्युजिल्यान्डले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायाे । न्युजिल्यान्डका लागि टोम लेथम, ड्रयाल मिचेल, मार्टिन गप्टिल र डेभोन कन्वेले अर्धशतकीय पारी खेले । टोम लेथमले ६९ रन, मिचेलले ६३, गप्टिलले ५७ र कन्वेले ५६ रनको योगदान गरे । यस्तै, जेम्स निसमले ३४ रन तथा मिचेल बार्किवेलले १४ रन बनाए ।
वेष्ट इन्डिजका जासन होल्डर र यानिक कारिकले समान २/२ तथा अल्जारी जोसेपले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १ रन बनाएको थियो । उसका लागि कायल मेयर्सले १ सय ५ रनको शतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।
यस्तै, निकोलस पुरनले ९१, शाही होपले ५१ र अल्जारी जोसेपले २० रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्डले ३, मिचेल स्टानरले २ तथा टिम साउथी, लुकिया फर्गुसन र जेम्स् निशामले एक/एक विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा ५० रनले विजयी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।