चुनावी आचारसंहिता : एउटा दलबाट २ जनाले मात्रै हेलिकप्टर प्रयोग गर्न पाउने

 भदौ ६, २०७९ सोमबार १७:१६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चुनावमा हरेक राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकप्टर प्रयोग गर्न दिने निर्वाचन आयोगले जनाएको छ ।

आज साेमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रस्तावित आचारसंहितामा गाडी प्रयोग गर्दा अपनाउनुपर्ने आचरणअन्तर्गत कसले हेलिकप्टर प्रयोग गर्न पाउने र कसले नपाउने भन्ने उल्लेख गरिएकाे छ ।

आचारसंहितामा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने र त्यस्ता प्रचारकमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय कार्यपालिकामा रहेका पदाधिकारी भने रहन नपाउने भनिएको छ । तर कुनै पनि मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीलाई मुख्य प्रचारकको रूपमा अनुमति नदिइने आचारसंहितामा उल्लेख छ ।

प्रवक्ता पौडेलले निर्वाचन आचारसंहिताको विषयमा सबै राजनीतिक दलको मिश्रित सल्लाह, सुझाव आएको जानकारी दिनुभयो । उहाँले आयोगले राजनीतिक दलका सबै सुझावलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको बताउनुभयो । चुनावका लागि आयोगले तयार गरेको आचारसंहितामा एमालेले १३ बुँदे सुझाव दिएको छ । एमालेले चुनावाको मौन अवधि २४ घन्टा बनाउनुपर्ने, निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुट्टै नभइ आम मतदातालाई लागू हुने आचारसंहिता लागू गर्नुपर्नेलगायतमा सुझाव दिएको छ । 

यस्तै आयाेगले चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा धेरै मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । चुनावमा मतदातालाई अनेकौँ प्रलोभन पार्ने तथा सांसदहरूले नै चुनाव लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचारप्रसारका लागि २५ जनाभन्दा बढी जान नपाउने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया