जिम्बावेसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा भारतको 'क्लिन स्वीप'

 भदौ ७, २०७९ मंगलबार ६:५५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जिम्बावेसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा पाहुना टोली भारतले 'क्लिन स्वीप' गरेको छ । गएराति भएको तेस्रो एकदिवसीय खेलमा भारतले जिम्बावेलाई १३ रनले हरायो ।

जितका लागि २ सय ९० रनको लक्ष्य पछ्याएको जिम्बावे ४९ ओभर ३ बलमा २ सय ७६ रनमा अल आउट भयो । जिम्बावेका सिकन्दर राजाले १ सय १५ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । उनको एकदिवसीय क्रिकेटमा पाँचौँ शतक हो । भारतका आवेश खानले ३ विकेट लिए ।

दीपक चाहर, अक्षर पटेल र कुलदीप यादवले २/२ विकेट लिए । त्यसअघि हरारेमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले शुभमन गिलको शतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८९ रन बनाएको थियो । गिलले सर्वाधिक १ सय ३० रनको शतकीय पारी खेले ।

सिनियर टोलीबाट गिलको यो पहिलो शतक हो । जिम्बावेका ब्राड इभान्सले ५ विकेट लिए । भारत पहिलो खेलमा १० विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया