राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १४६औँ जन्मजयन्ती मनाइँदै

 भदौ ७, २०७९ मंगलबार ८:१४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १ सय ४६औँ जन्मजयन्ती मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले जयपृथ्वीबहादुर सिंह र मानवतावाद विषयमा विचार गोष्ठीको आयोजना गरेको छ ।

सरकारले गएको असार ६ गते जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु चिनाउन सिंहको योगदान छ । उहाँले लेखेको अक्षराङ्क शिक्षा नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ ।

सिंहले अक्षरमाला, पदार्थ तत्व विवेक, बालबोध–भाग १, जापानको इतिहास, शारीरिक शिक्षा दर्पण, तथा श्रेस्ता दर्पण भाग १ र २, बालबोध, प्राकृत व्याकरण, भूगोलविद्या, जस्ता पुस्तक पनि लेख्नुभएको छ । १९३४ साल भदौ ७ मा बझाङमा जन्मिएका सिंहको १९९७ साल असोज १ गते निधन भएको थियो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया