बार्सिलोना र म्यानचेस्टर सिटीबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकियाे

 भदौ ९, २०७९ बिहीबार ८:२१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस क्लब बार्सिलोना र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । क्याम्प नोउमा आज बिहान भएको खेलमा बार्सिलोना र सिटीले ३–३ गोलको बराबरी खेलेका हुन्।

खेलको २१औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २९औँ मिनेटमा पीएरे एम्रिक औबमेयाङले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ६६औँ मिनेटमा फ्रेन्की डी योङले गोल गर्दा बार्सिलोना २–१ गोलले अघि रह्यो।

७०औँ मिनेटमा कोल पाल्मेरले गोल गर्दै सिटीलाई २–२ को बराबरीमा ल्याए । तर खेलको ७९औँ मिनेटमा मेम्फिस डीपेले गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता बनायो । त्यसपछि खेलको इन्जुरी समयमा रियाद महरेजले गोल गर्दै सिटीलाई ३–३ गोलको बराबरी गर्न सफल भए ।

नशासम्बन्धी घातक रोग एम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस (एएलएस) बारे सचेतना जगाउने उद्देश्यले मैत्रीपूर्ण खेल गरिएको हो । यसबाट सङ्कलित रकम लुजोन फाउन्डेसनमा दिइनेछ । यस्तै पूर्व स्पेनिस तथा बार्सिलोना गोलरक्षक जोआन कार्लोस उन्जुएका लागि पनि सहयोग गरिनेछ।
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया