एमाले बैठक : उम्मेदवारकाे मापदण्ड ताेक्नेदेखि फरक मतलाई सुन्नेसम्मका एजेन्डा

 भदौ ९, २०७९ बिहीबार १८:५५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेले भाेलि शुक्रवारदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकका लागि आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनाव केन्द्रित एजेन्डाहरू तय गरेको छ । 

आज बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी पोलिटब्युरो बैठकले आउँदाे चुनावकाे तयारीमा केन्द्रित भइ भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको हो । एमालेको केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते बस्दैछ । त्यही बैठकमा लागि आउँदाे चुनाव केन्द्रित एजेन्डाहरू पार्टी पोलिटब्युरो बैठकले तय गरेको सचिव योगेशकुमार भट्टराईले न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा बताउनुभयो । उहाँका अनुसार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा सामूहिक छलफल गरी प्राप्त सुझावलाई समावेस गरी पारित गरिनेछ । 

त्यसैगरी बैठकमा सात वटै प्रदेशका प्रदेश कमिटीका अध्यक्षहरूले आ–आफ्ना प्रदेश मातहतका निर्वाचन क्षेत्रको अवस्थासहितको रिर्पोटिङ गर्नेछन् । सचिव भट्टराईले आउँदाे चुनावमा पार्टीको अवस्थाबारे त्याे रिर्पोटिङले पनि जानकारी गराउने भएकाले प्रदेश कमिटीका अध्यक्षहरूको रिर्पोटिङको विषयलाई पनि केन्द्रीय कमिटी बैठकको एजेन्डा बनाइएको बताउनुभयो । बैठकमा चुनावका लागि घोषणापत्र बनाउने कुरालाई पनि एजेन्डाका रूपमा प्रस्तुत गरिनेछ । 

एमालेको केन्द्रीय कमिटी बैठकले आउँदाे चुनावका लागि उम्मेदवारहरूको मापदण्ड पनि तय गर्नेछ । पोलिटब्युराे बैठकले पार्टीप्रति प्रतिबद्ध, राजनीतिक, वैचारिक हिसाबले स्पष्ट, जित्न सक्ने, सिनियर र लोकप्रियलाई उम्मेदवार बनाउने निर्णय गरेको र त्यही विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुने सचिव भट्टराईले बताउनुभयो ।

बैठकले केन्द्रीय कमिटी बैठकमा फरक मतलाई पनि छलफलमा सहभागी गराउने निर्णय गरेको छ । पार्टी स्थायी कमिटीका नेता घनश्याम भुसालले फरक मत प्रस्तुत गर्ने तयारी गरिरहेका बेला एमाले सचिव भट्टराईले केन्द्रीय कमिटी बैठकमा पनि त्यसबारे छलफल हुने बताउनुभयो । 

पार्टीलाई एकताबद्ध राख्दै आजका चुनौतीहरूको सामना गरेर अघि बढ्ने गरी केन्द्रीय कमिटी बैठकमा छलफल हुने एमालेले जनाएको छ । 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया