च्याम्पियन्स लिगको 'ड्र' सार्वजनिक : बार्सिलोना र बायर्न एकै समूहमा, रियल मड्रिड समूह ‘एफ’ मा

 भदौ १०, २०७९ शुक्रबार ८:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोपियन फुटबल एसोसियशन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको छ । यूईएफएले नयाँ सिजनको लागि समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो ।

‘ड्र’ अनुसार बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा परेका छन् । बार्सिलोना र बायर्न समूह ‘सी’ मा परेका छन् । साविक विजेता रियल मड्रिड भने समूह ‘एफ’ मा परेको छ । समूह चरणको ‘ड्र’ अनुसार समूह ‘ए’ मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेका छन् ।

यस्तै समूह ‘बी’ मा पोर्टो, एट्लेटिको मड्रिड, बायर लिभरकुसेन र क्लब ब्रुग, समूह ‘सी’ मा बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान र भिक्टोरिया प्लेजन रहेका छन् । समूह ‘डी’ मा फ्रान्कफर्ट, टोटनहम, स्पोर्टिङ सीपी र मार्से, समूह ‘ई’ मा एसी मिलान, चेल्सी, साल्जवर्ग र डिनामो जाग्रेब रहेको छ ।

समूह ‘एफ’ मा साविक विजेता रियल मड्रिडसँगै लाइपजिङ्ग, शाख्तर डोनेक्स्ट र सेल्टिक रहेका छन् । समूह ‘जी’ मा म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमण्ड र कोपेनहेगन तथा समूह ‘एच’ मा पेरिस सेन्ट जर्मेन (पीएसजी), युभेन्ट्स, बेन्फिका र हाइफा रहेका छन् ।  
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया