हलले 'शाे' नदिने हाे भने चाेक–चाेकमा प्राेजेक्टर लगाएर फ्लिम देखाउँछु : प्रदीप खड्का

 भदौ १०, २०७९ शुक्रबार १९:३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अभिनेता प्रदीप खड्काले फिल्म प्रदर्शन खुला प्रतियोगिता भएको भन्दै पूर्वाग्रही भयो कि भएन त्यो चाँहि ठूलो कुरा भएको बताएका छन् । 

आज शुक्रवार काठमाण्डाैमा भएकाे एक कार्यक्रममा उनले भने, ‘हाम्रो फिल्मको आउटलुक हेर्दा आम मानिसलाई कभर गर्न नसक्ला भनेर आँकलन गरे पनि कसैले फिल्म झुर छ, राम्रो छैन भनेर ट्यागै त लगाउन भएन नि ।’ 

वितरकले आफ्नाे फिल्म प्रकाश नहेरि प्रदर्शनमा रोक लगाउन खोजेको र हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिइरहेको अभिनेता खड्काकाे भनाइ छ । उनले ललितपुरको सबैभन्दा ठूलो हल लबिम मल रहेको उल्लेख गर्दै त्याे हलमा पनि ३ बजेपछि शो नै नभएको गुनासाे गरे । उनले भने, ‘साना हलहरूले बिहान, दिउँसो र बेलुका शो दिइराखेका छन् तर ठूला हलहरूले अरू फिल्मलाई ५ बजेपछि दुई/दुई शो दिने गर्छन्, ८ बजे, ९ बजे, ६ बजेको शो ।’ 

अभिनेता खड्काले प्रकाश फिल्म वैचारिक फिल्म भएको दाबी गर्दै देशभरका दर्शकले आफूलाई हलमा फिल्म हेर्न चाहे पनि शो नै नभएको भन्दै खबर पठाएको सुनाए । आफू अभिनित प्रकाश चलचित्रलाई पर्याप्त शो नदिइए र यस्तै समस्या भइरहे चोक–चोकमा प्रोजेक्टर लगाएर भए पनि चलचित्र देखाउने बताए । वितरकले आफ्नो फिल्मप्रति सहानुभूति नदेखाएको पनि उनको गुनासो छ ।  

वितरकले सबै फिल्मलाई बराबर प्रदर्शन गर्नुपर्ने जोड दिँदै उनले भने, ‘फिल्म चलेन भनेमात्र अर्को फिल्म दिनुपर्छ, फिल्मको रेस्पोन्स नै नहेरि र विश्लेषण नै नगरि यस्तो गर्नुमा मैले चाहिँ कहीँ न कहीँ नियतमै खोट देखेको छु ।’ 

यस्तै फिल्म निर्माता महेन्द्र अधिकारीले आफूहरू अन्यायमा परेको महसुस भएको बताए । प्रकाश फिल्म दर्शकका लागि बनाइएको भन्दै दर्शकले चाहेको कुनै पनि समयमा फिल्म हेर्न पाउनुपर्नेमा वितरकले ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले आफूले गरेको दुःखलाई दर्शकले हेर्न नपाउनु दुःखद भएको भन्दै आक्रोश पोखे । 

यस्तै फ्लिमका स्क्रिप्ट–राइटर विकास सुवेदीले प्रकाश फिल्ममा नेपालीको वास्तविक जीवन झल्किएको स्पष्ट पारेका छन् । उनले नेपालको वास्तविक तथ्य बोकेर आएको फ्लिम चल्ने फिल्म होइन भनेर साइड लाग्नु निकै दुःखद भएको धारणा राखे । नचल्ने र दर्शकले कम रूचाउने आँकलन गरेका फिल्मले नै दर्शकको मन जित्ने उनको विश्वास छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया