म्यानचेस्टर सिटीको पुनरागमन जित

 भदौ १२, २०७९ आइतबार ७:३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकालेको छ । युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक मद्दतमा सिटीले क्रिस्टल प्यालेसलाई ४–२ गोलले पराजित गरेको हो।

सिटी घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्ट्याएर जित्न सफल भयो । उसका लागि एक गोल बर्नाडो सिल्भाले गरे । क्रिस्टल प्यालेसका लागि जोआचिम एन्डरसनले गोल गरे भने एक गोल उपहार पाएको थियो । जितसँगै सिटीको चार खेलमा १० अङ्क भएको छ । सिटी दोस्रो स्थानमा छ ।

गएराति भएका अरु खेलमा ब्रेन्टफोर्ड र एभर्टनले एक/एक गोलको बराबरी खेलेका छन् । ब्राइटनले लिड्स युनाइटेडलाई १–० गोलले हराएको छ । त्यसअघि हिजो भएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलाई १–० गोलले हराएको छ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया