नेपाल र केन्याबीच आज तेस्रो टी–२० खेल

 भदौ १२, २०७९ आइतबार ९:१७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाल र केन्याबीच आज तेस्रो टी–२० खेल हुँदैछ । खेल नैरोबीको जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले समान एक/एक खेल जितेका छन् ।

बिहीवार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने शुक्रवार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीचको चौथो टी–२० खेल भोलि र पाँचौँ तथा अन्तिम खेल पर्सि भदौ १४ गते हुनेछ । पाँच खेलको टी–२० शृङ्खलापछि नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एक दिवसीय शृङ्खला खेल्नेछ ।

पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया