केन्यासँगकाे तेस्राे टी–२० क्रिकेटमा नेपाल टस हारेर बलिङ गर्दै

 भदौ १२, २०७९ आइतबार १५:४८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – केन्यासँगकाे तेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस हारेर बलिङ गरिरहेकाे छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ राेजेपछि नेपालले बलिङकाे निम्ताे पाएकाे हाे । 

नेपाल र केन्याबीचको चौथो टी–२० खेल भोलि साेमवार र पाँचौँ तथा अन्तिम खेल पर्सि मङ्गलवार भदौ १४ गते हुनेछ । पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले समान एक/एक खेल जितेका छन् । बिहीवार भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो भने शुक्रवार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

पाँच खेलको टी–२० शृङ्खलापछि नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एक दिवसीय शृङ्खला खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया