रुकुम पश्चिममा पहिराेमा पुरिएर आमा छाेरीकाे ज्यान गयाे

 भदौ १२, २०७९ आइतबार १९:३९:५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – पहिरोमा पुरिएर आज आइतवार रुकुम पश्चिममा आमा छोरीको ज्यान गएको छ । पहिराेमा पुरिएकी एक बालिकाकाे भने उद्धार गरिएकाे छ ।

आठबीसकोट नगरपालिका १४ पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा जाजरकोटको भेरी नगरपालिका १ मैदैकी ३० वर्षीया बालमती राना र उहाँकी दुई वर्षीया छोरी प्रतिक्षाको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा सँगै परेकी प्रतिक्षाकी दिदी १२ वर्षीया तिर्सनाकाे भने उद्धार गरिएको छ ।

जाजरकोटको नलगाड नगरपालिका १ माइतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उहाँहरू पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्ने क्रममा पहिरोले भवन पुरिएको हो ।

यसैबीच आजै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ र ६ मा पर्ने देउता खोलाले बगाउँदा गाउँपालिकाको वडा नम्बर ३ का दलवीर गुरुङ बेपत्ता हुनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया