नेपाल र केन्याबीच आज चौथो टी–२० खेल हुँदै

 भदौ १३, २०७९ सोमबार ११:२७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल र केन्याबीच आज चौथो टी–२० खेल हुँदैछ । खेल नैरोबीको जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शृङ्खला जित्नेछ ।

पाँच खेलको टी–२० शृङ्खलामा नेपाल २–१ ले अघि  छ । हिजो  भएको तेस्रो खेलमा नेपाल ४ विकेटको विजयी भएको थियो । त्यसअघि भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीचको पाँचौँ तथा अन्तिम टी–२० भाेलि हुनेछ । टी–२० शृङ्खला पछि नेपालले घरेलु टोलीसँग एक दिवसीय खेल्नेछ । पहिलो एक दिवसीय खेल आउँदो १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल २० गते हुनेछ ।

अन्तिम अपडेट: चैत २७, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया