नेपाल १ सय २ रनको लक्ष्य पछ्याउँदै

 भदौ १३, २०७९ सोमबार १७:३९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – केन्यासँगको चौथो टी–२० अनतर्राष्ट्रिय क्रिकेट जित्न नेपालले एक सय दुई रनको लक्ष्य पछ्याइरहेको छ । 

नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले २० ओभरमा अलआउट हुँदै एक सय एक रन बनायो । उसका लागि लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लामिछानले पाँच विकेट लिए । यस्तै मोहम्मद आदिल आलमले दुई तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए । 

आजको खेल जितेमा नेपालले एक खेलअघि नै शृङ्खला जित्नेछ । पाँच खेलको टी–२० शृङ्खलामा नेपाल दुई–एकले अघि छ । हिजो आइतवार भएको तेस्रो खेलमा नेपाल चार विकेटको विजयी भएको थियो । त्यसअघि भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो भने दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो । 

नेपाल र केन्याबीचको पाँचौँ तथा अन्तिम टी–२० भोलि मङ्गलवार हुनेछ । टी–२० शृङ्खलापछि नेपालले घरेलु टोलीसँग एकदिवसीय क्रिकेट खेल्नेछ । पहिलो एकदिवसीय खेल आउँदो १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल २० गते हुनेछ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया